चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँचको मृत्यु

Byपहिलो सुचना

२०८१ जेष्ठ ८, मंगलवार १३:१९ २०८१ जेष्ठ ८, मंगलवार १३:१९ २०८१ जेष्ठ ८, मंगलवार १३:१९

जेठ ८, हार्बिन (चिन) । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको उक्त कोइलाखानी कम्पनी स्रोतले जनाएको छ ।

कम्पनी स्रोतका अनुसार हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको थियो ।

सो दुर्घटना हुने क्रममा नौ जना फसेको र उनीहरुमध्ये चार जनालाई उद्धार गरिएको स्रोतले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले तरल कार्बनडाइअक्साइडको चुहावटको कारणले दुर्घटना भएको देखाएको छ । दुर्घटनाको कारण तथा यथेष्ट विवरणका बारेमा थप अनुसन्धान भइरहेको छ । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook