माइक्रोबस र टिपर ठोक्किँदा १३ यात्रु घाइते, दुईको अवस्था गम्भीर

Byपहिलो सुचना

२०८१ जेष्ठ ८, मंगलवार १०:५५ २०८१ जेष्ठ ८, मंगलवार १०:५५ २०८१ जेष्ठ ८, मंगलवार १०:५५

जेठ ८, मुग्लिन (चितवन) —माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४  कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।

घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook