बागमतीमा निर्वाचनमार्फत संसदीय समितिको सभापति टुंगो लगाउन दलहरू सहमत

Byपहिलो सुचना

२०८१ बैशाख ३१, सोमबार ०८:३८ २०८१ बैशाख ३१, सोमबार ०८:३८ २०८१ बैशाख ३१, सोमबार ०८:३८

बैशाख ३१, काठमाडौं । बागमती प्रदेशसभामा रिक्त पाँच वटा विषयगत समितिका सभापति पदका लागि आगामी जेठ ४ गते निर्वाचन गर्ने दलहरुबीच सहमति भएको छ।

प्रदेशसभा अन्तर्गतको पाँचवटै समितिको सभापति पदमा सर्वसम्मतको प्रयास भए पनि अझै सहमति नहुन नसकेपछि जेठ ४ गते निर्वाचन गर्ने दलहरुबीच सहमति भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

सभापति पद सर्वसम्मत चयन गर्ने सहमतिको प्रयास जारी रहेको र त्यो नभए जेठ ४ गते निर्वाचन गर्ने सहमति भएको उनले बताए।

प्रदेशसभाको आज बस्ने बैठक अघि प्रदेशसभा कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने र सहमति गरिएअनुसार विभिन्न समितिको सभापति पदका लागि निर्वाचनको प्रक्रिया सुरु गरिने सभामुख पाठकले बताए।

बागमती प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छ।

ती सबै समितिमा सभापति चयन हुन सकेको छैन। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook