अमेरिकामा सम्पन्न भए नेपाल डे परेड

Byपहिलो सुचना

२०८१ बैशाख ४, मंगलवार ०९:०७ २०८१ बैशाख ४, मंगलवार ०९:०७ २०८१ बैशाख ४, मंगलवार ०९:०७

ज्ञानकाजी तामाङ । बैषाख ३, काठमाडौं । नेपाली पहिचान, भौगोलिकता, जातिय विभिधता, कला संस्कृति, पर्यटन, भेषभुष र भाषा प्रर्वधन हाम्रो अभियान भन्ने मुल नाराका साथ नेपाललाई विश्व सामु चिनाउने उदेश्यले एनआरएन क्यालिफोर्निया च्याप्टर, नेपाल आदिवासी जनजाति महासंघ क्यालिफोर्निया, र न्यान्स सहित करिब ३ दर्जन भन्दा बढि नेपाली संघ सस्था समेत आयोजक बनेर आयोजना गरिएको नेपाल डे परेड सम्पन्न भएको छ ।

डम्फु र टुङनामा रमाउदै तामाङ समुदाय


आईताबार क्यालिफोर्निया राज्याको सान् फ्रान्सिस्को शहरको सिटि हल बाट शुरु भएको र्याली करिब ३ माईल यात्रा गरी एम्बर्काडेरो प्लाजाको प्रांगणमा सभामा परिणत भएको थियो ।

सिलिकन भ्यालि नेपाली कक्षा सेन्टर र्यालीमा सहभागी हुदै

विभिन्न समुदाय र अन्य राज्याबाट गरि करिब ३ हजार भन्दा बढि नेपाली उक्तm कार्यक्रममा उपस्थित भएको आयोजकले जानकारी दिए । र्यालिमा नेवार समुदायको लाखे नाच, कुमारीको प्रर्दशन, धिमे बाजा, शेर्पा समुदायको शिलि नाच, तामाङ समुदायको टुना र डम्फु नाच, लिम्बु र राई समुदायको च्याब्रुङ नाच, मुक्तिनाथ धामको भजन, सहित हरेक समुदायले आफ्नो जातिय पोषाक सहित दौरा दौरा सुरुवाल र ढाका टोपी सहित प्रर्दशन गरेका थिए भने नेपाल क्रिकेट संघका पुर्व कप्तान पारास खड्का सहित २९ पटक सगरमाथा आरोह गरि विश्वकिर्तिमाण कायम गरेका कामी रिता शेर्पा सहितको टोलिलाई नगर परिक्रमण गराएका थिए ।

र्यालीमा सहभागी


त्यसैगरि कार्यक्रममा एनआएनए क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको भलिवल प्रतियोगिताको विजेता टोलिलाई पुरस्कार वितराण गरेका थिए । गत शनिबार सम्पन्न अन्तर देशिय भलिवल प्रतियोगितामा विभिन्न राज्याको टिम गरि १५ टिमले प्रतिस्पर्ध गरेका थिए जसमा टेक्ससले १२ हजार डलर नगद र ट्रफि र मेडल सहित प्रथम, स्थान् हासिल गरेका थिए भने नगद ७ हजार डलर सहित न्युयोर्कले दोस्रो स्थान जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook