अमेरिकाको सान् फ्रान्सिस्कोमा हुने नेपाल डे परेडको तयारी पुरा

ByGyan Kaji Tamang

२०८१ बैशाख १, शनिबार ११:५८ २०८१ बैशाख १, शनिबार ११:५८ २०८१ बैशाख १, शनिबार ११:५८

अप्रिल १२ क्यालिफोर्निया । यहि अप्रिल १४ तारिकमा क्यालिफोर्नियाको सुन्दर शहर सान फ्रान्सिस्को मा हुने नेपाल डे परेडको सम्पुर्ण तयारी पुरा भएको छ । बिहिबार पत्रकार भेटघाट कार्यक्रम्मा नेपाल डे परेको बारेमा जानकारी दिदै मुल आयोजक समितिले सम्पुर्ण तयारी पुरा भएको र कार्यक्रममा सहभागी हुन समेत अमेरीकामा बसोबास गर्ने सम्पुर्ण नेपाली र गैर नेपालीहरुलाई आवह्वन गरेका छन् ।


कार्यक्रममा बोल्दै एन आर एन ए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाले भने “हामी नेपाल डे परेडको लागि ९९ प्रतिशत तयाारी पुरा भएको छ अब १ प्रतिशत भनेको तपाई हरु आएर सहभागी जनाए पुरा हुन्छ । यो हामी नेपाली हरुको लागि नेपाल चिनाउने दिन हुनाले यो विषेश दिनमा उपस्थिति जनाएर नेपाली हुनुमा गर्व गनुहोला”
“नेपाल र नेपाली अनि नेपाली भाषा, कला,धर्म र सँस्कृतिलाई कसरी विश्व सामु चिनाउने भनेर हामीले यो पटक बे ऐरियामा रहेको नेपाली जनजाती समुदाय तामाङ, गरुङ, मगर ,शेर्पा, राई, लिम्बु नेवार लगायत सबै संघ सस्थाहरुसँग छलफल र योजना बनाएर मौलिक भेषभुषामा आएर प्रर्दशन गर्ने योजना बनाएका छौ । त्यसैले यो पटक विषेश कार्यक्रम हुनेछ ।” नेपाल जनजाति महासंघ क्यालिफोर्नियाका अध्याक्ष प्रकाश लामाले भने


नेपाललाई विश्व सामु चिनाउने उदेश्यले प्रत्येक बर्ष एनआरएन क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्नियामा नेपाल परेड डे मनाउदै आएकोमा यो पटक देखि नेपाल आदिवासी जनजाति महासंघ, सहित करिब ३ दर्जन भन्दा बढि नेपाली संघ सस्था समेत कार्यक्रममा आयोजक बनेर सहभागि जनाएको छन् । यो पटक कार्यक्रमलाई अझ विषेश बनाउन अन्तर राज्य भलिबल खेल समेत आयोजन गरिएको एन आर एन ए क्यालिफोर्निया पश्चिम क्षेत्रका संयोजक विष्णु खत्रिले जानकारी दिए ।

कार्यममा २९ पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान कायम गरेको आरोहि कामी रिता शेर्पा सहितको टोलिलाई सम्मान गरिने छ भने नेपालका क्रिकेट संघका पुर्व कप्तान पारस खड्कको सहभागीता, नेवार समुदायको कुमारी एव्म लाखे नाच, तामाङ समुदायको टुङ्ना र डम्फु नाच, शेर्पा समुदायको दुम्जिी नाच, गुरुङको मारुणी र घाटु, राईदायको साकेला अनि छ्ब्रुङ, नेपाली लोक पञ्चे बाजा लगायत नेपाली साँस्कृतिक र मौलिक प्रर्दशनी हरु हुनेछ । भने क्यालिफोर्नियको ७ वटा सिटिका मेयरहरु समेत अतिथिको रुपमा उपस्थित रहने न्यान्सका अध्यक्ष प्रितेश कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook