ईदको अवसरमा बिहिबार सार्वजनिक बिदा

Byपहिलो सुचना

२०८० चैत्र २८, बुधबार १३:४७ २०८० चैत्र २८, बुधबार १३:४७ २०८० चैत्र २८, बुधबार १३:४७
Holiday

चैत २८, काठमाडौं । नेपाल सरकारले ईद-उल फित्र (ईद)को अवसरमा बिहिबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितले आज सुचना जारि गर्दै सरकारले ईदको अवसरमा बिहिबार सार्वजनिक बिदा दिएको जानकारी दिए ।

इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्व ईदमा गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार बिदा दिइएको हो ।

ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल-फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ ।

हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook