गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरी होहल्ला गरेको आरोप

Byपहिलो सुचना

२०८० चैत्र २२, बिहीबार १०:३४ २०८० चैत्र २२, बिहीबार १०:३४ २०८० चैत्र २२, बिहीबार १०:३४
file picture of Rajesh payal rai

चैत २२, काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् ।

राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ । गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook