बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु

Byपहिलो सुचना

२०८० चैत्र १८, आईतवार ११:३४ २०८० चैत्र १८, आईतवार ११:३४ २०८० चैत्र १८, आईतवार ११:३४

चैत १८, काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । यसअघि चैत १२ गतेका लागि तय भएको बैठक बस्न नसकेपछि आज बसेको हो । बैठकमा महालेखा परीक्षक नियुक्तिका लागि छलफल हुँदैछ ।

बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए । प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook