साढे ४ किलो चरेससहित दुईजना पक्राउ

Byपहिलो सुचना

२०८० फाल्गुन २७, आईतवार १५:४७ २०८० फाल्गुन २७, आईतवार १५:४७ २०८० फाल्गुन २७, आईतवार १५:४७
Arrest

फागुन २७, मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट प्रहरीले चार किलो पाँच सय ३५ ग्राम चरेश बरामद गरेको छ।

गजुरी गाउँपालिका–५ मानेभन्ज्याङबाट मलेखुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३० प ७०२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

प्रहरीले मोटरसाइकल चालक गजुरी गाउँपालिका–४ का ३६ वर्षीय विजय प्रजा र सोही मोटरसाइकलमा सवार ३२ वर्षीय सुरज तामाङलाई नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट प्रहरीले चरेशसहित नगद ३० हजार पनि बरामद गरिएको छ।

‘शंका भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकललाई पिछा गरेको र मलेखु पुगेपछि नियन्त्रणमा लिएर जाँच गर्दा कालो झोलाभित्र तीन वटा बट्टामा चरेश भेटियो,’ जैसवारले भने।

प्रहरीले सो सम्बन्धमा अनुसन्धान चलिरहेको बताएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook