फागुन २७, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएका छन् ।
त्यस्तै जसपाबाट नवलकिसोर साह सुडीले पनि वन तथा वातावरणमन्त्रीको शपथ लिएका छन् । यादव र सुडिले आज राष्ट्रपती भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन् ।
यसअघि मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, र उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले पनि शपथ लिइसकेका छन् ।
यादवसँगै पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ४ जना उपप्रधानमन्त्री पुगेका छन् ।
