फागुन २३, काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री सरकारमा सहभागी हुने भएका छन् ।
एकीकृत समाजवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भानुभक्त जोशी र शहरी विकास मन्त्रीमा धनबहादुर बुढाको नाम पठाएका हुन् । बालुवाटारमा प्रधानमन्त्रीसँग छलफलपछि एकीकृत समाजवादी मन्त्रीहरुको टुंगो लगाएको हो ।
प्रचण्डले बुधबार नै नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरिसकेका छन् ।
