मन्त्रालय बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बस्दै

Byपहिलो सुचना

२०८० फाल्गुन २२, मंगलवार ०९:४५ २०८० फाल्गुन २२, मंगलवार ०९:४५ २०८० फाल्गुन २२, मंगलवार ०९:४५

फागुन २१, काठमाडौं । मन्त्रालयको भागबन्डा गर्न नयाँ सत्ता गठबन्धनको बैठक बस्दैछ । सत्ता गठबन्धनको बैठक दिउँसो तीन बजे डाकिएको जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने छ । त्योभन्दा अघि सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीसँग पनि छलफल गर्ने श्रेष्ठले बताए । प्रतिनिधि सभामा नेकपा (एमाले) को ७७, माओवादी केन्द्रको ३२, रास्वपाको २१,  जसपाको १२ सिट रहेको छ । सोमबार यी दलहरूबीच सत्ता सहकार्यको समझदारी भएर आठ बुँदे सहमति भएको थियो । अब १० सिट रहेको एकीकृत समाजवादी, तीन सिट रहेको नागरिक उन्मुक्ति, चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि जोड्ने प्रयास भइरहेको माओवादी केन्द्रमा महासचिव देव गुरूङले बताए ।

उनीहरूसँग छलफल सकिएपछि सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय बाँडफाँट हुने श्रेष्ठले जानकारी दिए । ‘ती दलहरूसँग सहमति भयो भने उहाँहरूलाई पनि मन्त्रालय छुट्टयाउनुपर्ने हुन्छ,’ श्रेष्ठले भने । नयाँ सत्ता गठबन्धनबाट हितबहादुर तामाङ, पदम गिरी, डोलप्रसाल अर्याल (डिपी) ले मन्त्रीको शपथसमेत लिइसकेका छन् । मन्त्रालयको टुंगो नलागेकोले जिम्मेवारी पछि तोकिने गरी उनीहरूले पथ तथा गोपनीयताको शपथ लिएका हुन् । सोमबार साँझै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड) र माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । बिरामी भएर स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री र उपाध्यक्ष श्रेष्ठ निवासमै पुगेका थिए । भेटमा नयाँ गठबन्धनमा सहकार्य गर्न प्रस्ताव गरिएको माओवादी केन्द्रका महासचिव गुरूङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook