फिलिपिन्समा आगलागीमा परी चार जनाको मृत्यु, आठ घाइते

Byपहिलो सुचना

२०८० फाल्गुन १६, बुधबार १५:५० २०८० फाल्गुन १६, बुधबार १५:५० २०८० फाल्गुन १६, बुधबार १५:५०
Fire

फागुन १६, मनिला । मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घर जल्नेगरी भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु भएकाे स्थानीय अग्निनियन्त्रकले बुधबार बताएका छन् ।

स्थानीय समय अनुसार राति २ बजतिर आगलागी हुँदा उनीहरू गहिरो निद्रामा रहेको नगरीय दमकल कार्यालयका वेन्डेल भिलानुएभाले बताउनुभएको छ ।

आगलागीबाट बाँचेकी उनीहरूकी छोरीले सुरक्षाकर्मीसँगको कुराकानीमा दिएको जानकारी अनुसार आगलागीमा आमाबाबु र दुई भाइको मृत्यु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बुबा, आमा र दुई भाइ घरको तेस्रो तलामा सुतिरहेको तथा अन्य सदस्य तल्लो तलामा सुतिरहेको अवस्थामा आगलागी भएको र माथिल्लो तलामा रहेका चार जनाको मृत्यु भएको छ ।

आगलागीमा परी परिवारका अन्य आठ जना सदस्य घाइते भएका छन् ।

आवासीय क्षेत्रमा द्रुत गतिमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकलाई तीन घण्टा लागेको थियो भने आगलागीका कारण नजिकका ३० परिवार प्रभावित भएको जनाइएको छ । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook