गायक तथा संगीतकार भक्तराज आचार्यको मृत्यु

Byपहिलो सुचना

२०८० फाल्गुन १४, सोमबार १८:१२ २०८० फाल्गुन १४, सोमबार १८:१२ २०८० फाल्गुन १४, सोमबार १८:१२

फागुन १४, काठमाडौं । गायक तथा संगीतकार भक्तराज आचार्यको आज (सोमबार) ८२ वर्षको उमेरमा निधन भएको छ । विगत ३० वर्षदेखि क्यान्सरबाट पीडित उनलाई अस्पताल लैजाने क्रममा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई मंगलबार संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए । उनका ‘हजार सपनाहरूको, जति चोट दिन्छौं, मुटु जलिरहेछ’ लगायत गीत चर्चित छन् ।

२०४६ साल दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook