६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद पनि बरामद

Byपहिलो सुचना

२०८० फाल्गुन २, बुधबार १२:०१ २०८० फाल्गुन २, बुधबार १२:०१ २०८० फाल्गुन २, बुधबार १२:०१

२ फागुन, काठमाडौं । कास्कीको पोखरामा ६/६ किलो सुन र चाँदीका साथै झन्डै ६३ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २ मोहरिया बस्ने भारतीय नागरिक सुरजित भौमिकलाई पक्राउ गरेको हो ।

भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई पोखरामा भाडामा बस्दै आएका ४० वर्षीय सुरजितले अवैध रूपमा सुन ल्याएको सूचना जिल्ला प्रहरी कार्यालय कास्कीले पाएको थियो । उक्त सूचनापछि प्रहरीको टोलीले सोमबार राति पौने ७ बजे सुरजितको कोठामा छापा मारेको थियो । मंगलबार बिहान साढे ४ बजेसम्म कास्कीको टोलीले कोठामा लुकाएर राखेका सुनचाँदी तथा नगद बरामद गरेको कार्यालयका प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

उनको कोठामा फेला परेका गहना र नगदको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । मंगलबार साँझ प्रहरीले कार्यालयमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । एसपी थापाका अनुसार सुरजितबाट सुनका गहना, काँचो सुन, सुनको बिस्कुट गरी जम्मा ६ किलो ६९ ग्राम सुन बरामद भएको छ । ६ किलो चाँदी पनि बरामद भएको छ । त्यस्तै ६२ लाख ८१ हजार रूपैयाँ नगद पनि प्रहरीले बरामद गरी सार्वजनिक गरेको हो । एउटा मोबाइल, आधारकार्ड, १३ वटा चेक, दुई वटा डायरी र ७ वटा रजिस्टरहरू बरामद भएका छन् । सुरजितमाथि थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग, पुल्चोक ललितपुरमा पठाउने प्रहरीको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook