मोरङमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय, दुई जना पक्राउ

Byपहिलो सुचना

२०८० फाल्गुन १, मंगलवार १२:३३ २०८० फाल्गुन १, मंगलवार १२:३३ २०८० फाल्गुन १, मंगलवार १२:३३

माघ २८, काठमाडौं । मोरङमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । 

मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एक झाडीभित्र लुकाएर राखेको अवस्थामा शंकास्पद वस्तु फेला पारेको जिल्ला प्रहरी प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए । दुई लिटरको प्रेसर कुकर टेपले बाँधेर राखिएको अवस्थामा फेला परेको थियो । उक्त वस्तु फेला परेपछि प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो । 

बम डिस्‍पोजल टोलीले बिहान पौने ११ बजे उक्त वस्तु निष्‍क्रिय पारेको छ।  ‘प्रेसर कुकरमा टेपहरू बाँधेको अवस्थामा फेला परेको थियो । सेनाले निष्क्रिय पारेर कति विष्फोटक पदार्थको प्रयोग भएकोबारे अध्ययन गर्न लिएर गएको छ,’ एसपी पोखरेलले भने ।

उनका अनुसार केही समयदेखि शैक्षिक संस्थाहरूमा भूमिगत संगठनको नाममा महासचिव महाविरको दस्तखतसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको लेटर प्याड प्रयोऊ गरी चन्दा माग गर्ने गरिएको थियो ।  चन्दा नदिए ध्वांसात्मक कार्य गर्ने भनेर चेतावनी दिइएको थियो। यसरी धम्की दिएको भन्ने सूचना पाएपछि मोरङ प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।  सिसिटिभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा शंकास्पद व्यक्तिको पहिचान खुलेको थियो । 

त्यसपछि सोमबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा इलाम माम्सेबुङ गाउँपालिका वडा नम्बर १ गजुरमुखीका ३८ वर्षीय प्रविण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१ का ३० वर्षीय विपिन अधिकारी छन् । उनीहरूलाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्नेक्रममा शैक्षिक संस्थालाई धम्क्याउन प्रेसर कुकर बम बनाएको भन्ने बयान समेत दिएका थिए। जसपछि प्रहरीले मंगलबार शंकास्पद वस्तु फेला पारेको हो । प्रहरीले उनीहरूबाट विस्फोटक पादर्थमा प्रयोग हुने डेटोनेटर, सोडा, सहयोगको ठेली, खाली खाम लगायत बरामद गरेको छ । विपिनबाट मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड समेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook