जबरजस्तीकरणी मुद्दामा अभियुक्तलाई १८ वर्ष कैद फैसला

Byपहिलो सुचना

२०८० माघ २९, सोमबार १५:४१ २०८० माघ २९, सोमबार १५:४१ २०८० माघ २९, सोमबार १५:४१

माघ २९, तनहुँ । तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो।

साथै निजविरुद्ध एक लाख जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए।

उनीविरूद्ध २०७८ असोज १२ गते अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो।

यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो। सोहीबमोजिम आइतबार निजविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook