धापासीमा युवकको हत्या गरेको अभियोगमा एक जना पक्राउ

Byपहिलो सुचना

२०८० माघ २९, सोमबार १०:१४ २०८० माघ २९, सोमबार १०:१४ २०८० माघ २९, सोमबार १०:१४
Arrest

माघ २८, काठमाडौं । काठमाडौंको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले खड्काको हत्या आरोपमा उनका एक जना साथीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । भोलि (सोमबार) पत्रकार सम्मेलन गरेर यस विषयमा सार्वजनिक गर्ने एसपी कुमोध ढुंगेलले बताए । प्रहरीका अनुसार, दिपेश र पक्राउ परेका व्यक्ति दुवै मिस्त्री काम गर्दै आएका थिए ।

सामान्य विवादमा धारिलो वस्तु प्रहार गरेर हत्या गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । प्रहरी वृत्त, महाराजगञ्जको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो । खड्काका केही साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ‘तर अनुसन्धानपछि घटनामा एक जनाको मात्र संलग्नता देखिएको छ, उनले कसूर स्वीकार गरेका छन्’, एक प्रहरी अधिकृतले भने ।

शनिबार गौशालामा पनि २८ वर्षीया प्रमिला दमाईको शव फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook