विमानस्थलमा विदेशीहरूको अपहरण हल्ला मात्र भएको तालिवानको स्पष्टोक्ति

Byपहिलो सुचना

२०७८ भाद्र ६, आईतवार ११:२५ २०७८ भाद्र ६, आईतवार ११:२५ २०७८ भाद्र ६, आईतवार ११:२५

भाद्र ६, काबुल। काबुल विमानस्थल नजिकै विदेशी नागरिकको अपहरण भएको भनी कतिपय स्थानीय सञ्चारमाध्यमले शनिबार सम्प्रेषण गरेको समाचारलाई तालिबानका एक अधिकारीले खण्डन गरेका छन्। काबुलको विमानस्थलमा अझै पनि अमेरिकी नेतृत्वको उद्धार समूहले काम गरिरहेको र अपहरणकबारे आएका सूचना फगत हल्ला मात्र भएको ती अधिकारीले बताए।

‘अपहरणबारे रिपोर्ट एउटा हल्ला हो। तालिबान सदस्यहरूले सबै विदेशी नागरिकलाई विमानस्थलमा पहुँच प्राप्त गर्न मद्दत गरिरहेका छन्। हामी विमानस्थलमा पुग्न सबै विदेशीहरूलाई सुरक्षित मार्ग प्रदान गर्न कटिबद्ध छौं,’ तालिबानका प्रवक्ता अहमद उल्लाह वासेकले स्थानीय समाचार संस्था इटललाटरोजलाई बताए। 

उनले शनिबार पनि तालिवान फौजले करिब १५० भारतीयलाई विमानस्थलमा सुरक्षित रुपमा प्रवेश गर्न साथ दिने बताए। तालिवानले आइतबार अफगानको राजधानी कब्जा गरे लगत्तै हजारौं अफगानीहरु देश छोड्न काबुल विमानस्थलमा पुगेका छन्।

शनिबार बिहान तीनवटा उडानले अफगान भूमि छोड्न चाहने व्यक्तिलाई उद्धार गरेको स्थानीय फरहद मोहम्मदीले बताए। हवाई उडान प्रक्रियामा सहयोग गर्न काबुल विमानस्थलमा करिब पाँच हजार अमेरिकी सेनाको खटाइएको छ।

एक हप्ताको अन्तरालमा विमानस्थलमा भागदौड मचिँदा र गोली चल्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ। तालिबानले मुलुकका अधिकांश भूभाग एक महिनाको अन्तरालमा कब्जा गरेपछि अफगानिस्तानको अवस्था अन्यौलग्रस्त बनेको छ। (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook