गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २७ हजार ३६५ पुग्यो

Byपहिलो सुचना

२०८० माघ २२, सोमबार १४:४६ २०८० माघ २२, सोमबार १४:४६ २०८० माघ २२, सोमबार १४:४६

माघ २२, गाजापट्टी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या २७ हजार ३६५ पुगेको छ । साथै ६६ हजार ६३० जना घाइते भएका छन् ।

विगत २४ घण्टामा इजरायली सेनाले गाजामा १२७ प्यालेस्टाइनी मारेको र १७८ जना घाइते भएको मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले बताउनुभयो ।

अक्टोबर ७, २०२३ देखि इजरायलले दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको बदला लिन गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य आक्रमण गरिरहेको छ । जसमा इजरायली अधिकारीहरूका अनुसार लगभग एक हजार दुई सय इजरायलीको ज्यान गएको छ । (सिन्ह्वा/न्यूज एजेन्सी नेपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook