विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी चन्दले दिए राजीनामा

Byपहिलो सुचना

२०८० माघ २१, आईतवार ११:०४ २०८० माघ २१, आईतवार ११:०४ २०८० माघ २१, आईतवार ११:०४

माघ २१, काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।

डिआइजी चन्दले पहिलो सुचनासँग कुरा गर्दै आफूले शुक्रबार नै राजीनामा बुझाएको बताएका छन् । उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । ‘अब धेरै समय पनि छैन । अन्य विशेष कारण केही छैन। व्यक्तिगत कारणले राजीनामा दिएको हुँ,’ चन्दले भने । पछिल्लो समय त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच विवाद सुरू भएको थियो । केही दिनअघि मात्रै कुटपिट समेत भएको थियो ।

प्रहरी प्रधान कार्यालयले भने डिआइजी चन्दको राजीनामाबारे जानकारी नआएको बताएका छन् । केन्द्रीय प्रवक्ता डिआइजी भीमप्रसाद ढकालले त्यसबारेमा आफूलाई जानकारी नआइसको बताए । डीआइजी चन्द प्रहरी महानिरीक्षक बसन्त कुँवरकै ब्याचमेट हुन् । ३० वर्षे सेवा अवधि कायम रहँदा  उनी २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook