नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० माघ १८ देखि

Byपहिलो सुचना

२०८० माघ १७, बुधबार १९:१५ २०८० माघ १७, बुधबार १९:१५ २०८० माघ १७, बुधबार १९:१५

माघ १७, काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी को नवौं संस्करण यहि माघ १८ गते आयोजना हुँदैछ । निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधिको बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने उदेश्यले यो प्रदर्शनी आयोजना हुन लागेको हो ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि ले संयुक्त रुपमा यो प्रदर्शनी आयोजना गर्न लागेको हो । उक्त प्रदर्शनी माघ २१ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।

आयोजना हुन लागेको अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्ड हरु का १५० भन्दा बढि स्टल रहने छन् ।

निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण व्यवसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ८ वर्ष देखी कोसेढुङ्गा सावित हुँदै आइरहेको छ ।

यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टरस, विल्डरस, इन्टीरीयर डिजाइनरहरु, घर बनाउन चाहने व्यक्ती तथा आम नागरीकको उल्लेखनिय सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook