क्यालिफोर्नियामा मनाइयो सोनाम ल्होछार रिमठिम साँझ-२०२४

Byपहिलो सुचना

२०८० माघ १५, सोमबार ००:५३ २०८० माघ १५, सोमबार ००:५३ २०८० माघ १५, सोमबार ००:५३

माघ १४, सेन फ्रान्सिस्को । मञ्जुश्री सम्वत् २८६० औं नयाँ वर्ष सोनाम ल्होछार (पुख्री ल्हो ) राष्ट्रिय पर्वको अवसरमा तामाङ कोपरेसन सोसाइटी अफ क्यालिफोर्निया, अमेरिकाद्वारा आयोजना गरिएको सोनाम ल्होछार रिमठिम साँझ २०२४ सम्पन्न भएको छ ।

शनिबार क्यालिफोर्निया राज्यको रिचमण्ड  सिटि हलमा सम्पन्न भएको कार्यक्रममा ८०० भन्दा बढी दर्शक उपस्थित थिए ।

कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको बताउदै संस्थाका अध्यक्ष सुरज पाख्रिनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई हृदयदेखि धन्यवाद व्यक्त गरे । “हामीले अपेक्षा गरेभन्दा धेरै दर्शकहरुको उपस्थिति थियो । कार्यक्रममा पाल्नुहुने सबैमा धेरैधेरै धन्यवाद भन्न चाहन्छौं । उहाँहरुको उपस्थिति बिना कार्यक्रम सफल हुन सक्दैन थियो,” अध्यक्ष पाख्रिनले व्यक्त गरे ।

त्यसैगरी कार्यक्रम बोल्दै  प्रमुख अतिथि रिचमण्ड सिटीका मेयर इडुराडो मार्टिनेजले विश्वमा जहा पुगेपनि आफ्नो संस्कृति  संरक्षण गर्नु नै महत्वपुर्ण रहेको र अमेरिका सधैभरी हरेक समुदायको संस्कृति संरक्षणमा साथ दिने बताए । संस्थाका महासचिव ग्याल्पो योञ्जनले कार्यक्रमलाई सफल बनाउनको लागि विज्ञापन तथा शुभकामना दिँदै आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाताहरुलाई धेरैधेरै धन्यवाद व्यक्त गरेका थिए । त्यसै गरी संस्थाको सचिव ज्ञान काजी तामाङले विश्वमा हरेक समुदायको फरक फरक संस्कृति भएको र संस्कृति कै कारण विश्वमा आफ्नो पहिचान हुने हुदा संस्कृति बचाउन सके आफ्नो पहिचान बचाउन सकिने व्यक्त गरे ।  

कार्यक्रमलाई भव्य रुपले सम्पन्न गराउनको लागि नेपालबाट आएका अतिथि कलाकारहरु चर्चित लोक तथा दोहोरी गायक मिलन लामा,चर्चित सेलो गायिका शसिकला मोक्तान र म्हेन्दोमाया गायक हेम वाइवा र स्थानिय कलाकारहरुले मौलिक र धमाकेदार प्रस्तुति गर्दै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook