ग्यास सिलिण्डर चुहावट भएर पड्किँदा एकको मृत्यु

Byपहिलो सुचना

२०८० माघ २, मंगलवार १५:०८ २०८० माघ २, मंगलवार १५:०८ २०८० माघ २, मंगलवार १५:०८

माघ २, चितवन । चितवनमा खाना पकाउने ग्यास सिलिण्डर चुहावट भएर पड्किँदा एक जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर १५ डेरीचोकका ५० वर्षीय मनिष थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो। घटनाको थप अध्ययन भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook