पुस २८, सुदूरपश्चिम । पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भारतबाट नेपाल भित्रिनेहरूको एन्टिजेन परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार तीन दिनमा चार सय ६४ व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो। 

तीन दिनयता प्रदेशका सिमानाका गौरीफन्टा, गड्डाचौकी, जुलाघाट र पुलघाट नाकाबाट एक हजार चार सय ४४ व्यक्ति नेपाल भित्रिएका छन्। कोरोना संक्रमित आठ व्यक्तिको नमूना संकलन गरी थप परीक्षणका लागि क्षेत्रीय प्रयोगशालामार्फत् केन्द्रमा पठाइएको थियो। 

गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउद कोरोना भाइरसका संक्रमित फेरि भेटिन थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न सुझाव दिए।

‘सिमानाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ,’ उनले भने, ‘हेल्थ डेस्कमा नमूना परीक्षणका लागि आवश्यक स्वास्थ्यकर्मी, एन्टिजेनको किट, मास्क ग्लब्स लगायतका सामग्री पर्याप्त छन्।’

उनले संक्रमितलाई होम आइसोलेसनमा बस्न र  सिकिस्त भएको अवस्थामा अस्पताल जान सल्लाह दिएको र सम्बन्धित पालिकासँग समन्वय गरिरहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook