राप्ती नदीमा बस खसेर ज्यान गुमाउनेको संख्या १२ पुग्यो

Byपहिलो सुचना

२०८० पुष २८, शनिबार ०८:३८ २०८० पुष २८, शनिबार ०८:३८ २०८० पुष २८, शनिबार ०८:३८

पुष २९ दाङ । दाङको राप्ती नदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२  पुगेको छ । बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रीबस शुक्रबार राति करिब १० बजे राप्ती नदीमा खसेको थियो ।

प्रहरी चौकी भालुबाङका अनुसार दुर्घटनामा परी सातजनाको घटनास्थलमै मृत्यु भएको थियो । उपचारका क्रममा  तीन जनाको भालुबाङ स्वास्थ्य चौकी र दुई जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमध्ये हेटौंडाका ४५ वर्षीय सौरभ विष्ट र बाँके नेपालगञ्जकी ६० वर्षीया कुशुम बस्नेतको पहिचान खुलेपनि अन्य १० जनाको भने पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना यात्रु रहेको र २३ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook