सरकारले रोक्यो रूस र युक्रेनको श्रम स्वीकृति

Byपहिलो सुचना

२०८० पुष १९, बिहीबार २०:३९ २०८० पुष १९, बिहीबार २०:३९ २०८० पुष १९, बिहीबार २०:३९

पुस १९, काठमाडौँ ।सरकारले युद्धग्रस्त रूस र युक्रेनको श्रम स्वीकृति दिन बन्द गरेको छ । यसअघि यी मुलुकका लागि श्रम स्वीकृति दिँदै आएको थियो । युद्ध चलिरहेका बेला पनि नेपाली युवाहरू रूसी सेनामा भर्ना भइरहेका कारण श्रम स्वीकृति स्थगन गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।  

विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नहुँदासम्मका लागि श्रम स्वीकृति स्थगन गरेको जनाएको छ ।  पछिल्लो समय रूसी सेनामा नेपाली युवाहरूले ज्यान गुमाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook