काठमाडौं महानगरभित्रका स्कुलले अब डिआई राख्न नपाउने

Byपहिलो सुचना

२०८० पुष ६, शुक्रबार १७:५३ २०८० पुष ६, शुक्रबार १७:५३ २०८० पुष ६, शुक्रबार १७:५३
Kathmandu Metropolitan City Office

पुष ६, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अनुशासन इन्चार्ज (डिआई) राख्न नपाउने भएको छ। 

शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डिआई नराख्न महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत् भनेका छन्।   

‘विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने गरेको छ,’ सूचनामा भनिएको छ,’ शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएको छ।’ 

यस्तै, विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज नराख्न महानगरपालिकाले सूचनामार्फत् आह्वान गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook