आज छठ पर्व मनाइदै

Byपहिलो सुचना

२०८० मंसिर ३, आईतवार ०७:३९ २०८० मंसिर ३, आईतवार ०७:३९ २०८० मंसिर ३, आईतवार ०७:३९

मङ्सिर ३, काठमाडौं । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ।

आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ।

बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन्।

काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares
Facebook