जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १० जना पक्राउ

Byपहिलो सुचना

२०८० कार्तिक १०, शुक्रबार २३:५१ २०८० कार्तिक १०, शुक्रबार २३:५१ २०८० कार्तिक १०, शुक्रबार २३:५१
Arrest

 कात्तिक १०,काठमाडौं । ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–५, लेले बस्ने नवीन सिलवालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र महतसमेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

उनीहरूको साथबाट प्रहरीले नगद सात लाख ९९ हजार रुपैयाँ, १६ थान कौडा, ९ बुक तास र १० थान मोबाइल बरामद गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares
Facebook