एनआरएनए – राष्ट्रिय समन्वय समिति अमेरिका (एनसिसि)को उम्मेदवार बिच बहस सम्पन्न

Byपहिलो सुचना

२०८२ श्रावण २५, आईतवार ०७:११ २०८२ श्रावण २५, आईतवार ०७:११ २०८२ श्रावण २५, आईतवार ०७:११

ज्ञानकाजी तामाङ, साउन २५ अमेरिका । गैर आवासीय नेपाली संघ (NRNA) को राष्ट्रिय समन्वयन समिति ((NCC)का अध्यक्ष पदको उम्मेदवार हरु विचको बहस कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनमा क्यालिफोर्निया राज्याको रिचमण्ड सिटिमा रहेको नेपाली सामुदायिक केन्द्रको हलमा सम्पन्न भएको उक्त कार्यक्रममा एनसिसिस २०२५-२०२७ कार्यकालको अध्यक्ष पदका उम्मेदवार सतेन्द्र कुमार शाह, रामहरी अधिकारी र भानु खरेल विच बहस भएको थियो । 

कार्यक्रममा एनसिसि अमेरिकाको वर्तमान अध्यक्ष अर्जुन वञ्जाडेले शुभकामना व्यक्त गरेका थिए भने उनले नेपाली समुदायमा पनि प्रतिस्पर्धीहरु विच एकै मञ्चमा उभिएर सार्वजनिक  बहस हुनु सकारात्मक भएको जनाएको छ । 

बहसमा उम्मेदवार भानु खरेलले विभाजित अवस्थामा रहेको एनआरएनए लाई एकता गर्दै, गैरआवासिय नेपालीलाई नेपाल सँगको सम्बन्ध नागरिकता कायम राख्ने जस्ता कार्य आफुले जितेमा सम्पन्न गर्ने बताएका छन  

 त्यसैगरि अर्का उम्मेदार सत्येन्द्र के शाहले एनआरएन ए को सदस्यता बढाउने, ३ वटा गुटमा विभाजित एनआरएनए लाई एकजुट बनाउने र आर्थिक रुपमा संस्थालाई बलियो बनाउदै एनआरएनएको सदस्यता लिदा तिरेको सदस्यता शुल्का आफ्नो कार्यकालमा २०० $ को दरले फिर्ता गर्ने गरि आर्थिक पाटो मजबुत बनाउने बताएका छन भने रामहरी अधिकारी आफ्नो कार्यकालमा नेपाली समुदाय लक्षित कार्यक्रम आयोजना गरिने , दोहोरो नागरिकताको मुद्व, एनआरएन ए नागरिकता वितरणलाई अधिकारयुक्त बनाउने बताएका छन । 

एनसिसि अमेरिकाको नया कार्यकालको यहि अगस्ट १६ र १७ गते हुदैछ । 

Facebook