सर्मिला साम्पङ, सान फ्रान्सिस्को, असार १८ । नेपाली एशोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) को अध्यक्षमा प्रितेश कार्की निर्वाचित भएका छन । ३१औं साधारण सभा तथा १७ औं अधिवेशनले प्रितेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । कार्की दोस्रोपटक संस्थाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
न्यान्स क्यालिफोर्नियामा रहेको नेपालीहरुको पुरानो संस्था मध्येका एक हो भने यो सन् १९९४ मा स्थापना गेरेका थिए । प्रितेश कार्कीको अध्यक्षतामा बनेको कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष बरिष्ठ उपाध्यक्षमा यज्ञ नेपाल, उपाध्यक्ष पशुपति कडेँल, महासचिव दीपक दाहाल, कोषाध्यक्ष सुवास शाह ठकुरी निर्वाचित भएको छ त्यसैगरि सदस्यमा मोहन कार्की, सुनिता धिताल, सुरेश भट्ट, रेनु खनाल लम्साल, शिला दवाडी, अवनीश खड्का निर्वाचित भएका छन् । विधान अनुसार एक सचिव र एक सहकोषाध्यक्ष लगायत वाँकी अन्य पदमा कार्यसमितिले मनोनीत गर्नेछ ।

